ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

  • आइतवार, मंसिर १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्दैछ । यसर्थ, नेप्सेमा आजसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्न २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतको प्रस्ताव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ