ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौंः अध्यक्ष नेपाल

ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौंः अध्यक्ष नेपाल

  • शनिबार, मंसिर ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

ललितपुर, ११ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए ।

नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् ।

नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने, ुचितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ । राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओली र एमाले कम्युनिस्ट नभएको बताएका छन् । खतिवडाले उनीहरू आफैं सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिँडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पूजा गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिस्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिस्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको बताए । विगतमा एमालेको नेतृत्व गरेका सबै नेताहरू एमालेमै रहे पनि गलत विचार र व्यवहारका कारण एमालेमा नेता गए पनि कार्यकर्ता र जनता सही विचार छान्ने अवस्थामा रहेको बताए ।
दक्षिणपन्थी विसर्जनवाद र कम्युनिस्ट आन्दोलनको विचलनका विरुद्ध विद्रोह गर्दै एकीकृत समाजवादीमा रहेकाहरू भुसले छोपिएका हिरा भएको बताउँदै एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनमा लागेको ग्रहण हटाएर समृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने बताइन् ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले एमालेले धम्की र प्रलोभन देखाएर जनप्रतिनिधिलाई अलमल्याएको बताउँदै निर्वाचनबाट कम्युनिस्ट र गैर कम्युनिस्टलाई जनताले छुट्याउने बताए । स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधिहरू एकीकृत समाजवादीमा रहेको र प्राविधिक हिसाबले एमालेमा खुलेकाहरू पनि समाजवादीमा आउने क्रम बढेको थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ