१० मंसिर, काठमाडौं । कृषि तथा रोजगारी प्रवद्र्धनको अभियानमा क्रियाशील अभियन्ता बाबुराम थापाले नेकपा एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् । पार्टीमा छलफल गरेपछि केन्द्रीय सदस्यको उमेद्वारी दिने निर्णयमा आफु पुगेको भन्दै थापाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
एमालेमा रहेर निरन्तर क्रियाशील नेता थापा राजनीतिमा थप सक्रिय हुने उदेश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए ।
समृद्ध नेपालको नारालाई साकार पार्न पार्टी सदस्य तथा जनतालाई विकासको लागि अभियानमा लगाउन प्रेरणादायी भूमिका खेल्न थप सक्रिय रुपमा राजनीतिमा लाग्ने उनको भनाई छ ।
वि.सं. २०४७ बाट इसिभु माध्यामिक विद्यालय तेह्रथुमको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटी सचिवबाट राजनीति सुरु गरेका थापाले युवा संघ नेपालको तेह्रथुम जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य,केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
युवा किसान संघको अध्यक्ष हुँदै थापा किसान महासंघको उपमहासचिवसम्मको जिम्मेवारी पुरा गर्न सफल भईसकेका छन् । । पार्टी जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष र प्रदेश १ कमिटी सदस्य बनेका नेता थापा मुलुकको सवृद्धिका लागि कृषि र रोजगारीको अभियानमा पनि निरन्तर सक्रिय छन् । उनी मुलुकलाई आत्मनिर्भर बनाउन जनताको समृद्धि हुनुपर्छ भन्ने मान्यता राख्छन् ।
जनता समृद्ध भए मात्र मुलुक समृद्ध हुन्छ भन्ने मान्यता आफूले बोकेको भन्दै थापाले यसलाई सकार गर्ने लक्ष्यका साथ आफू लागिरहेको बताए ।