एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा जम्मा हुँदै

एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा जम्मा हुँदै

  • शुक्रबार, मंसिर १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

चितवन, १० मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरू हुँदै छ । देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान होटेलको प्राङ्गणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् । महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष केपी ओलीनिकटका रूपमा चिनिएका पृृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

शुक्रबारबाट सुरू हुने महाधिवेशन आइतबारसम्म चल्नेछ । सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ