ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा

ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, ९ मंसिर । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ