लाभांश प्रस्ताव पारित गर्न १ पुसमा एभरेष्ट बैंकले बोलायो साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न १ पुसमा एभरेष्ट बैंकले बोलायो साधारणसभा

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, ९ मंसिर । एभरेष्ट बैंक लिमिटेडले १ पुषमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो ।

सभा भर्चुअल माध्यम अर्थात् जुममार्फत आयोजना हुनेछ । सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जनाएको छ। सभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। बैंकको प्रवन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।

बैंकले सभा प्रयोजनका लागि १७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १६ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ