गुणस्तरमा सधै सचेत छौः मारुती सिमेन्ट्स

गुणस्तरमा सधै सचेत छौः मारुती सिमेन्ट्स

  • बुधबार, मंसिर ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, ८ मङ्सिर । मारुती सिमेन्ट्स लिमिटेडले ओपिसी सिमेन्टको गुणस्तरमा कम्पनीले कहिले पनि ह्रास आउन नदिएको र प्रतिवद्ध रहेको स्पष्ट पार्दै बढाई चढाई एवं कपोलकल्पित रुपमा आएको समाचारको खण्डन एवं निन्दा गरेको छ ।
कम्पनीले आफूहरुले जहिले पनि गुणस्तरलाई ध्यान दिएका कारण ग्राहकको मन जित्न सफल भएको विज्ञप्ति मार्फत जनाएको छ । मारुती नै नेपालको पहिलो निजी क्षेत्रको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनी भएको र गुणस्तरका कुरामा कहिले पनि ह्रास आउन नदिने कम्पनी प्रतिवद्ध रहेको जनाएको छ ।

साथै कम्पनीले लगातार १५ वर्षदेखि आफ्नो कम्पनीको गुणस्तरलाई मनपराउने ग्राहकवर्गलाई हृदयदेखि नै धन्यवाद दिँदै गुणस्तरका कुरामा प्रतिबद्ध रहेको र यसलाई कहिले पनि ह्रास आउन नदिन आफ्नै ल्याबमा निरन्तर परीक्षण गर्ने गरेको कमपनीको विज्ञप्तिमा जनाईएको छ ।
गुणस्तरीय तथा उत्कृष्ट चुनढुंगा प्रयोग गरी सिराहाको मिर्चेयाबाट उत्पादन हुने यो सिमेन्टको ओपिसी सिमेन्ट निजी संरचना तथा परियोजनाहरुमा अत्याधिक प्रयोग हुँदै आएको छ ।
५३ ग्रेड र ४३ ग्रेडको ओपिसी सिमेन्ट एनएस बाट प्रमाणित उत्पादन गर्ने पहिलो कम्पनी नै मारुती सिमेन्ट हो । मारुती सिमेन्ट एनएस आईएसओ ९००१/१४००१ गुणस्तर चिन्ह प्राप्त गर्ने यो नेपालकै पहिलो कम्पनी समेत हो ।
कम्पनीले मारुती सिमेन्ट ग्राहक एवं उपभोक्ताले निरन्तर प्रयोग गर्नु हुने छ भन्नेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ