८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा झडप भएको छ ।
मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा दुई प्रहरीसहित कम्तिमा ७ जना घाइते भएको बताईएको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले प्रदर्शन गरेका थिए।
प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । प्रहरीकाअनुसार अहिले स्थिति नियन्त्रणमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline