काठमाडौं, ६ मंसिर । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रि खुला गरेको छ । कम्पनीले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर मंसिर ६ गते सोमबार देखि बिक्री खुला भएको हो । कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने छन् ।
सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले ३५ दिनभित्र निवेदन दिनुपर्ने भएको छ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline