बारले बुझायो सभामुख सापकोटालाई ज्ञापनपत्र, जबरालाई महाभियोग लगाउन माग

बारले बुझायो सभामुख सापकोटालाई ज्ञापनपत्र, जबरालाई महाभियोग लगाउन माग

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

मंसिर ६, काठमाडौँ । सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै नेपाल बार एसोसिएसनले आज सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्‍नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।

दिउँसो २ बजे बारको टोलीले संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो । भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा पनि गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ