एमाले स्थायी समितिको बैठक बस्दैः महाधिवेशन तयारी र मनोनित हुने प्रतिनिधिबारे छलफल हुने

एमाले स्थायी समितिको बैठक बस्दैः महाधिवेशन तयारी र मनोनित हुने प्रतिनिधिबारे छलफल हुने

  • सोमवार, मंसिर ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दै छ । दिँउसो तीन बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा महाधिवेशनको तयारी र ५ प्रतिशत मनोनित हुने प्रतिनिधिहरुका बारेमा छलफल हुने छ ।
१९९९ प्रतिनिधि मध्य ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नु पर्ने प्रावधान रहेको छ । यसमा पनि प्रस्तावित नाम र आकांक्षीहरु धेरै रहेकाले उनीहरुबाट छनौट हुने बताईएको छ ।
मंसीर १०, ११ र १२ गते चितवनको नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन हुँदैछ । यो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओली र भीम रावलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यस्तै अन्य पदाधीकारीमा पनि आकांक्षीहरुको संख्या ठूलो देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ