प्रस्तावित राजदूतहरूको सुनुवाइ भएन, १७ गतेसम्मका लागि बैठक स्थगित

प्रस्तावित राजदूतहरूको सुनुवाइ भएन, १७ गतेसम्मका लागि बैठक स्थगित

  • आइतवार, मंसिर ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

मंसिर ५, काठमाडौँ । संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ ।

आइतबार ११ बजेका लागि बोलाईएको बैठकमा बुहमत सांसद उपस्थित नभएपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको हो । बैंठकमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् ।
अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ । १५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ ।

त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्छ । तर आजको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित भए । समितिका सभापति कर्णले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिए ।

आजको बैठकमा कांग्रेसका जितेन्द्र देव पुष्पा भुसाल, भिनसेनदास, नेकपा एसकी नन्दा चपाई, माओवादीका पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल र एमालेका सुमनराज प्याकुरेल बैठकमा सहभागी भएनन् । सुनुवाइका लागि प्रस्तावित राजदूत शंकर शर्मा र ज्ञानचन्द्र आचार्य समयमै समिति बैठकमा आइपुगेका थिए । श्रीधर खत्री बाटोमा आउँदा आउँदै बैठक स्थगित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ