नेपाल लाईफमा अभिकर्ताहरुलाई पिकनिक देखि नगद पुरस्कार सम्ममा अफर

नेपाल लाईफमा अभिकर्ताहरुलाई पिकनिक देखि नगद पुरस्कार सम्ममा अफर

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं । नेपालको ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई प्रोत्साहनका विभिन्न कार्यक्रम ल्याएको छ । असोज महिनाको टार्गेट पुरा गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई थप इन्सेन्टिभ सहित पिकनिक लैजाने भएको छ । आर्थिक वर्ष २०७८र२०७९ धमाका अभिकर्ता, विजनेस कोर्डिनेटर र एजेन्सी म्यानेजर प्रोत्साहन योजना अन्तर्गत असोज महिनामा टार्गेट पुरा गर्नेहरुका लागि ‍यस्तो योजना ल्याएको हो । कम्पनीले हरेक महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई फरक फरक स्किम सहित इन्सेन्टिभ प्रदान गर्दै आइरहेको छ ।

यस महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले पिकनिक जाने पाउने छन् । त्यस्तै ५६ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित ४५० रुपैयाँ नगद इन्सेन्टिभ प्राप्त गर्ने छन् । मंसिर महिनामा ८५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित एक हजार ५० रुपैयाँ, एक लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित १८ सय रुपैयाँ, एक लाख ३० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले पिकनिक सहित २४ सय रुपैयाँ, एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले ३ हजार रुपैयाँ र एक लाख ५० हजार रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गर्नले पिकनिकका साथै प्रत्येक थप एक लाख प्रथम बीमा शुल्कमा थप ३ हजार रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्ने छन् ।

यदि अभिकर्ताले १० लाख वा सो भन्दा बढिको प्रथम बीमा शुल्क आर्जन गर्नेले ४ दिन तीन रातको प्याकेज सहित मुक्तिनाथ भ्रमणमा जाने पाउने छन् ।

कम्पनीले एक लाख बीमाङ्क र प्रथम बीमा शुल्क आर्जन ५ हजार वा सो भन्दा माथि अभिकर्ताहरुले दिइने बीमालेखलाई हिरो स्प्लेण्डर मोटरसाइकलका लागि गोला प्रथामा सहभागि हुन पाउने योजना बनाएको छ । कम्पनीले गोला प्रथा मार्फत ५ वटा मोटरसाइकल वितरण गर्नेछ ।

विजनेस कोर्डिनेटरको हकमा भने मंसिर महिनामा हुने अभिकर्ता तालिममा ५ जना नयाँ अभिकर्तालाई सहभागिता गराई कम्तिमा तीन अभिकर्ताहरुलाई सक्रिय गराई उनिहरु मध्येबाट एकले ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेपछि मात्रै पिकनिकमा सहभागि हुन पाइनेछ । त्यस्तै मंसिर महिनामा नियुक्ति वा नविकरण भएका एजेन्सी म्याजरहरु स्वत पिकनिकमा सहभागि हुने पाउने छन् । वा १० लाख रुपैयाँ प्रिमियम दिएका एजेन्सी म्यानेजरहरु पिकनिकमा समावेश हुन पाउने छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ