विना प्रतिस्पर्धा एमाले अध्यक्ष बन्दै ओली, चुनौती दिन खोज्ने भीम रावललाई सुदुरपश्चिममै समस्या !

विना प्रतिस्पर्धा एमाले अध्यक्ष बन्दै ओली, चुनौती दिन खोज्ने भीम रावललाई सुदुरपश्चिममै समस्या !

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ । यस महाधिवेशनमा यस पटक पनि अध्यक्ष बन्ने तरखरमा रहेका ओलीलाई कसैले चुनौती दिने आँट गरेको छैन ।
अघिल्ला महाधिवेशनहरुमा माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरु प्रत्यासी हुन्थे । तर ती नेताहरु अलग्गै पार्टी बनाएर बाहिरिएपछि ओलीलाई मैदानमा चुनौती दिने नेताहरु भेटिएका छैनन् ।
यदाकदा भीम रावलले अध्यक्षमा उम्मेद्धारी दिने आकांक्षा जाहेर गरे पनि उनलाई प्रतिनिधि चयनमै ओली प्यानलले आफ्नै प्रभाव क्षेत्र सुदुरपश्चिममै समस्या खडा गरिदिएको छ । खास गरी कैलालीमा रावल पक्षलाई बाईपास गर्दै ओली पक्षले प्रतिनिधि छनौट गरेपछि रावल पक्षले समानान्तर प्रतिनिधि छनौट गर्यो ।
देशभर प्रतिनिधि चयनको स्थिति हेर्दा भीम रावलले अध्यक्षमा उम्मेद्धारी दिने र जीत्ने अवस्था देखिदैन एक नेताले भने , उहाँको चाहना हुन सक्छ र धरातल छैन ।
रावल माधव समुहको साथ छाडेर अन्तिम समयमा एमालेमै रहेका थिए । त्याहाँ भित्र पनि दब बुदे लगायतका कुरा उठाँउदै आए पनि उनी अहिले आफूसँगै गएका अन्य साथीको समेत समर्थन पाउन छाडिसकेको स्थिति देखिन्छ ।
१९ सय बढी प्रतिनिधिले मत दिन पर्ने छ । जसमा धेरै ल्याउने उम्मेद्धारले पदाधीकारी प्राप्त गर्नेछन् । यस्तो स्थितिममा भीम रावलका लागि अध्यक्ष त के केन्द्रीय सदस्य समेत ओली पक्षले चाहेमा गाह्रो बनाउन सक्ने ती नेताको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ