माओवादी केन्द्रको देशव्यापी वडा सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

माओवादी केन्द्रको देशव्यापी वडा सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

  • शनिबार, मंसिर ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

नेकपा (माओवादी केन्द्र) ले आज देशभरका वडाहरुमा आज सम्मेलन गर्दैछ । माओवादीले ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित सम्मेलन गर्ने भएको हो । समाजवादी क्रान्ति पूरा गर्ने दिशामा अघि बढ्न माओवादीले तलैदेखि पार्टी पुनसंरचना गर्ने नीति लिए अनुरुप वडा सम्मेलन शुरु भएको हो ।

वडा सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट बिहान ११ बजे गर्ने कार्यक्रम रहेको माओवादीको निर्वाचन समितिले जनाएको छ ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्व सहमतिमा गर्न सबै वडालाई आग्रह गरेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भूमिका निर्वाह गर्न पार्टी प्रवक्ता कृष्ण बहादुर महराले विज्ञप्ति जारी गरी अपील गरेका छन् ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ