बार्ताका लागि प्रधानन्यायधीशद्धारा बारलाई पत्राचार

बार्ताका लागि प्रधानन्यायधीशद्धारा बारलाई पत्राचार

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन्।
शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताबाटै समस्याको समाधान गर्न आह्वान गर्दै पत्र पठाएको उपाध्यक्ष रक्षा बस्यालले नेपालखबरलाई जानकारी दिइन्।
आन्दोलनमै रहेका न्यायाधीशहरु इजलास फर्किएकै दिन कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका हुन्।

यसअघि विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका थिए । तर त्यतिबेला बारले वार्तामा नजाने निर्णय गरेको थियो। पुनः बारलाई पत्र नै पठाएर आग्रह गरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बस्यालले बताइन्।

प्रधानन्यायाधीशले पठाएको पत्र बारे अध्यक्ष श्रेष्ठले बैठकमा जानकारी गराएका छन्।
वार्तामा सहभागी हुने नहने जवाफ बारले दिईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ