मंसीर २८ सम्म नेपालले एमसीसी अनुमोदन नगरे अन्यत्रै लेजाने अमेरीकाको अलिटमेटम !

मंसीर २८ सम्म नेपालले एमसीसी अनुमोदन नगरे अन्यत्रै लेजाने अमेरीकाको अलिटमेटम !

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ मंसीर ३ । अमेरीकाले आगामी मंसीर २८ गते सम्म एमसीसी टुंगो नलगाए यो परियोजना अन्यत्र लैजाने अल्टिमेटम दिएको छ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन् ।

त्यतिन्जेलसम्म नेपालले टुंगो नगरे अमेरिकाले यो सहयोग अन्यत्र लैजानेबारे विकल्प अघि बढाउने उनले बताएका छन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको आजको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसी बारे नेपालमा बहस चलिरहेको बताएका थिए ।

यस अघि लु ले प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीका बिषयमा धारणा माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ