अब सबै नागरिकको हातबाट डिजिटल भुक्तानीको हुने अवस्था आँउदैछ : गभर्नर अधिकारी

अब सबै नागरिकको हातबाट डिजिटल भुक्तानीको हुने अवस्था आँउदैछ : गभर्नर अधिकारी

  • शुक्रबार, मंसिर ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट पनि डिजिटल भुक्तानी हुने अवस्था आउने बताएका छन् ।
नेपाल क्लियरिङ्ग हाउसले बिहीबार नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको औपचारिक थालनी गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रत्येक नागरिकको हातबाट डिजिटल कारोबारको थालनी हुने बताए ।
गभर्नर अधिकारीले अब सबै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम गर्ने पनि बताए ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण कार्यक्रमले नेपालमा डिजिटल भुक्तानी प्रणाली कारोबारलाई प्रविधिमैत्री बनाउन थप सहयोग पुग्ने बताए ।
कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले विगत १३ वर्षको अन्तरालमा नेपाल क्लियरिङ्ग हाउसले नेशनल पेमेन्ट स्वीचको थालनी गर्नु धेरै राम्रो काम भएको बताए ।

एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थासँग बिहीबार नै सम्झौता गरेको छ । सरकारको बजेट तथा मौद्रिक नीतिमा उल्लेख गरे अनुसार नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागि एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएको थियो ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैंकहरू, ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरूसँग सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ