नेपालमा सबै भन्दा धेरै कर तिरेर सम्मान पाउने व्यक्ति सिद्धार्थ समशेर जबरा

नेपालमा सबै भन्दा धेरै कर तिरेर सम्मान पाउने व्यक्ति सिद्धार्थ समशेर जबरा

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नेपालमा सबै भन्दा कर तिरेर सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन् । आर्थिक वर्ष ७६-७७ मा व्यक्तिगत तर्फ सबै भन्दा धेरै आए कर बुझाएर राणा सम्मानित भएका हुन् । यस अघि पनि उनी बढी आयकर तिरेर सम्मानित हुँदै आएका थिए ।
दशौँ राष्ट्रिय कर दिवसका अवसरमा राणा सम्मानित भएका हुन् । उनी सहित अन्य सम्मनित हुने व्यक्ति र कम्पनीलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मान पत्र प्रदान गरेका हुन् ।
राणा सिप्रदी ट्रेडिङ प्रा.लि.का अध्यक्ष हुन् । सिप्रदीले टाटा मोटर्सका गाडीहरुको बिक्री वितरण लगायत अन्य विभिन्न कारोबार गर्दै आएको छ ।
आर्थिक वर्ष ७६÷७७ मा सबै भन्दा बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रा.लि., आयकर तिर्नेमा नेपाल टेलिकम, उद्योगमा एशियन पेन्टस्, बैंक तर्फ नबील बैंक, व्यापारीक संस्था तर्फ भाटभटेनी सुपरमार्केट लगायत रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ