शेयर बजार ओरालो लाग्यो

शेयर बजार ओरालो लाग्यो

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं। लगातार तीन दिन उकालो लागेको शेयर बजार आज भने ओरालो लागेको छ । आज करिब ३२ अंकले घटेको छ। यससँगै बजार सूचक नेप्से २७६९ विन्दुमा आइपुगेको छ।

यसअघि पछिल्लो सात कारोबार दिनमा सुरुका चार दिन १८० अंकले खुम्चिएको सेयर बजारमा तीन कारोबार दिन बजार हरियो बन्दा ११२ अंकले सुधार आएको थियो।

आज कारोबार रकम पनि सवा एक अर्बभन्दा धेरैले खुम्चिएको छ। आज ६ अर्ब २७ करोड १८ लाखभन्दा थोरै बढीको कारोबार भएको हो।

१.१६ प्रतिशतले बजार घट्दा १६० कम्पनीको सेयरका लगानीकर्ताले बुधबारको तुलनामा नेटवर्थ गुमाएका छन्। यस क्रममा मानुसी लघुवित्त र तेह्रथुम पावरको मात्र सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ