अब सर्वोच्च अदालतमा प्रधानन्यायधीशले पेशी तोक्न नपाउने, गोला प्रथा प्रणाली लागू हुने

अब सर्वोच्च अदालतमा प्रधानन्यायधीशले पेशी तोक्न नपाउने, गोला प्रथा प्रणाली लागू हुने

  • बिहिबार, मंसिर २, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ।
आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेसँगै अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएका छन् ।
बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुल कोर्ट बसेर त्यसले तोकेपछि गोलाप्रथा लागू हुने छ ।
१८ जना न्यायाधीशहरू छुट्टै बसेर गोला प्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरू बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला प्रथाबाट मुद्दा हेर्न तयार भएका छन्।

गोला प्रथा लागू नभएसम्म न्यायाधीशहरूले भोलिदेखि बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ताजस्ता मुद्दाहरू हेर्ने भएका छन् ।

गोलाप्रथा लागू भए पछि भने सबै खालको मुद्धा हेर्ने उनीहरुको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ