उद्योगी पिताम्बर जोशी काँग्रेस केन्द्रीय महाधिवेशन सदस्यको यात्रामा

उद्योगी पिताम्बर जोशी काँग्रेस केन्द्रीय महाधिवेशन सदस्यको यात्रामा

राजनीतिक क्षेत्रबाट आर्थिक सम्बृद्धिका योजना ल्याउँछु : जोशी

  • बिहिबार, मंसिर २, २०७८
  • डम्मर दत्त भट्ट

  • 13.9K
    SHARES

कञ्चनपुर, मंसिर २ । पिताम्बर जोशी देशकै चर्चित सफल युवा उद्योगी हुन । उनलाई सफल उद्यमी व्यवसायीको रुपमा सबैले चिन्छन । व्यवसायीका रुपमा सफल जोशीले अहिले राजनीतिक यात्रा तय गरेका छन । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन चलेको छ । काँग्रेस नेता कार्यकर्ता विभिन्न पदका आँकाक्षी भएर चुनावको मैदानमा उत्रिएका छन । जोशीले पनि राजनीतिक यात्रा तय गरेका छन । उनले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधीको यात्रा तय गरेका हुन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय समेत रहेका जोशीले निजी क्षेत्रको पार्टीमा समेत प्रतिनिधित्व गर्ने हिसाबले राजनीतिक यात्रा तय गरेको बताएका छन । जोशीको पारिवारिक पृष्टभूमि काँग्रेसी हो ।
काँग्रेसको सकृय राजनीतिमा नआएपनि उनीको वैज्ञारिक आस्था पहिलेदेखि काँग्रेसकै थियो । ‘मेरो तीन पुस्ता काँग्रेस नै थियो, ‘उनले भने, ‘मैले यस अघि सकृय राजनीति गरेको छैन, अहिल गर्ने सोचमा छुँ ।’
जोशीले आर्थिक क्षेत्रको विकास गर्दै नागरिकलाई सम्बृद्धि बनाउनका लागि सकृय राजनीतिमा होमिने निर्णय लिएका छन ।
‘निजी क्षेत्रका समस्या एव आर्थिक विकासका लागि राजनीतिक नीति अपरिहार्य छ, ‘उनले भने, ‘निजी क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुन्छ, निजी क्षेत्रको राजनीतिक दलमा पहुँच हुँदैन, त्यसैले मैले राजनीतिक रुपमा समेत आफै सकृय भएको हुँ ।’ काँग्रेस सबै ठाँउमा पुगेकाले राजनीतिक माध्यमबाट समेत आर्थिक सम्बृद्धिका योजना ल्याएर मुलुक र जनतालाई सम्बृद्धितर्फ डो¥याउने योजना रहेको बताए । औद्योगिकले मात्रै देशको विकास हुने भएकाले राजनीति गर्नेहरुले यस्ता विषयलाई प्राथमिकतामा साथ अघि बढाउनुपर्ने उनको भनाई छ । ‘म महाधिवेशन प्रतिनिधी जितेपछि पार्टीमा सम्बृद्धिका योजना ल्याउँछु, ल्याउनका लागि नेतृत्वलाई घचघच्याउछु, ‘उनले भने, ‘सबै नेता कार्यकर्तालाई उत्पादनसंग जोड्छु ।’ आफुले राजनीतिमा लागेरपनि समाजसेवा गर्ने बताउँदै उनले अब राजनीतिक क्षेत्रबाट जनताको सेवा गर्ने चाहना भएको बताए । पार्टीभित्र मुख्य नेताहरुले गुट उपगुट नबनाएको बताउदै उनले केही कार्यकर्ताले निहित स्वार्थ राखेर बनाएको गुट स्वत भत्किने बताए । ‘काँग्रेस लोकतान्त्रिक पार्टी हो, ‘उनले भने, ‘लोकतन्त्रमा सबैतिर स्वतन्त्रता हुन्छ, अन्तत गुट भन्दा पनि विचार र राम्रो ईमान्दार नेताकै जित हुन्छ ।’ महाधिवेशनको यात्रा तय गरेसंगै उनले नेता कार्यकर्तासंग निरन्तर भेटघाट एव छलफल गरेका छन ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ