प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेमा सर्वोच्च अदालतका १९ न्यायाधीश एकमत

प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेमा सर्वोच्च अदालतका १९ न्यायाधीश एकमत

  • मङ्लबार, कार्तिक ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कार्तिक ३०, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्नेमा सर्वोच्च अदालतका १९ जना न्यायाधीश एकमत देखिएका छन् ।

नेपाल बारसँगको आज दिउँसो भएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने, तत्कालका लागि प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्नेलगायतका विषयमा एकमत रहेको जवाफ दिएका हुन् ।

बारसँगको छलफलमा सर्वोच्च अदालतका १३ न्यायाधीश सहभागी भएका थिए । छलफलका क्रममा न्यायाधीशहरूले बाँकी ५ जना न्यायाधीश छलफलमा नआएपनि प्रधानन्यायधिसले राजिनामा दिनुपर्छ भन्नेमा एकमत रहेको जवाफ दिएको सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले बताए ।

न्यायाधीशहरू कुमार रेग्मी, कुमार चुडाल, बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा सोमबार र मंगलबार नेपाल बारसँग भएको छलफलमा अनुपस्थित थिए । पाँच न्यायाधीशको फरक मतबारे अन्य न्यायाधीशले बारका पदाधिकारीलाई भनेका थिए, ुपाँच जनाको थप कुरा यत्रो ३ हप्तासम्म मुद्दा नहेर्दा सेवाग्रहीमा प्रभाव पर्‍यो । बन्दीप्रत्यक्षीकरण, बन्दी मिलापत्र, मुद्दा फिर्ता र तामेली ९पेन्डिङ० मा पठाउने मुद्दा हेर्नुपर्छ भन्ने उहाँहरूको कुरा हो ।ु पाँच जनाको समूहमा रहेका न्यायाधीशहरूले मंगलबार यी चार प्रकारका मुद्दा पनि हेरेका थिए । यी बाहेकका मुद्दा हेर्न नमिल्ने भनी सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरिएको छ ।

बारको आन्दोलनमा १९ जना न्यायाधीशको समान धारणा रहेको पनि न्यायाधीशहरूले भनेका घिमिरेले बताए । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले न्यायाधीशहरूलाई सोमबार आफ्नो धारणा सुनाएका थिए । बारले प्रधानन्यायाधीशको राजीनामा मात्रै जारी विवादको समाधान रहेको बताएका थिए । त्यस बाहेकमा न्यायाधीशहरूले सहमति जनाए बारले साथ नदिने पनि चेतावनी बारले दिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ