विकास बैंक र फाइनान्स कम्पनीबीच मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा भद्र सहमति

विकास बैंक र फाइनान्स कम्पनीबीच मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा भद्र सहमति

  • मङ्लबार, कार्तिक ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कार्तिक ३०, काठमाडौँ । विकास बैंक र फाइनान्स कम्पनीहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर भद्र सहमति गरेका छन् । मंसिर महिनाका लागि विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.२५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । अघिल्लो महिनामा सबै विकास बैंकहरुको औसत ब्याजदर ९.५ प्रतिशत थियो ।
राष्ट्र बैंकको निर्देशन अनुसार १० प्रतिशत विन्दुले ब्याजदर बढाउँदा अघिकतम १०.४५ प्रतिशत हुन आउँथ्यो । तर, विकास बैंकहरुले आपसमा सहमति गरेर अधिकतम १०.२५ प्रतिशत ब्याजदर प्रकाशित गरेका हुन् ।
डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलका अनुसार अब मंसिर महिनामा विकास बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा ९।२५ प्रतिशतसम्म ब्याजदर दिनेछन् । साधारण निक्षेपमा विकास बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत कायम भएको छ ।

यस्तै, फाइनान्स कम्पनीहरुले पनि मंसिर महिनामा व्यक्तिगत निक्षेपमा अधिकतम १०.३५ प्रतिशत ब्याजदर तोकेका छन् । कात्तिक महिनामा फाइनान्स कम्पनीहरुको औसत ब्याजदर ९.६२ प्रतिशत थियो । यसका आधारमा उनीहरुले अधिकतम १० प्रतिशत विन्दुले ब्याजदर बढाउन पाउँथे । त्यसो गर्दा फाइनान्स कम्पनीहरुको अधिकतम ब्याजदर १०५८ प्रतिशत हुनेमा फाइनान्स कम्पनीहरुले अधिकतम सीमासम्म ब्याजदर बढाएनन् । आपसी सहमतिका आधारमा उनीहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५ प्रतिशत मात्र ब्याजदर तोकेका छन् । यसका आधारमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.३५ प्रतिशत र साधारण निक्षेपको ५.३५ प्रतिशत कायम भएको वित्त कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।

वाणिज्य बैंकहरुले भने अधिकतम सीमासम्म (१० प्रतिशत विन्दु) ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०५ प्रतिशत कायम गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ