३० कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित सर्वोच्च अदालतका ४ जना न्यायाधीश इजलासमा फर्किएका छन्। उनीहरुले आजबाट मुद्दाको सुनुवाइ थालेका छन्। न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्गी इजालसमा फर्किएको सर्वोच्च प्रशासनले जनाएको छ।
उनीहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ थालेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरे ।
सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग राख्दै नेपाल बारले आन्दोलन गर्दै आइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline