कार्तिक ३०, काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबरालाई निरन्तरता दिने पहल गरे न्यायाधीशहरू विरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
न्यायाधीशहरूबीचमा नै फुट आइरहेका बेला बारले उनीहरूप्रति खबरदारी गरेको हो । न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ ।
‘प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, ’ महासचिव पौडेलले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline