३० कार्तिक, मुगु । मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी भएको छ । आगलागीमा परि २० घर ध्वस्त भएका छन्। ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २० घर ध्वस्त भई ५० करोड बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ।
सोमबार राति साढे १२ बजे लागेको आगोले ठिल्ले लामासहित तल्लो बजारमा रहेको छिरिङ लामा, गोमा शाही, डम्बर मल्ल, झमा लामा, गुरु लामा, टासी लामा, राजबहादु शाही, छत्त बहादुर मःल्ल, कुसलाला सावद, पृथ्बिजङ्ग शाही, रत्नबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, ग्याम्जो लामा, याग्याल लामा, बिशाल मल्ल, पुतलि शाही, लक्ष्मि शाहीको घर पूर्ण रुपले क्षति हुँदा ५० करोडभन्दा माथि क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्र बहादुर भट्टराईले जानकारी दिएका छन्।
नेपाल प्रहरी, सशस्त्र नेपाली सेना र स्थानियले आज बिहान ४ बजे आगो नियन्त्रणमा लिएका थिए । सबै प्यापारीक प्रयोजनका लागि बनाईएका घरहरु जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । खाद्यान्न , फेन्सि, रेष्टुरेण्ट, होटल मेडिकल, संचालनमा आएका घरमा आगलागी हुँदा अहिले आगलागी पिडितहरुलाई महाकाली मावि खाद्य संस्थान र पशु कार्यालयको खुल्ला चौरमा राखिएको छ।
साघुँरो गल्लि र पानी र दमकल तथा अन्य उपकरणकको अभावले गर्दा ठूलो क्षति भएको हो। आगलागीले भौतिक संरचना तथा धनमाल क्षति भएको भएपनी मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।
आगलागीले गर्दा छाँयानाथ रारा नगरपालिकाका सबै स्थानमा विद्युत आपूर्ति बन्द भएको छ भने गमगढीको तल्लो बजारमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ।