बीमा समितिद्धारा दुर्घटना बीमा निर्देशिका जारी

बीमा समितिद्धारा दुर्घटना बीमा निर्देशिका जारी

  • सोमवार, कार्तिक २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

कार्तिक २९, काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । समितिले आज निर्जीवन बीमा व्यवसाय अन्तर्गतको एक वर्ष अवधिको दुर्घटना बीमा निर्देशिका जारी गरेको हो ।

उक्त निर्देशिका छिट्टै कार्यान्वयनमा आउने छ । निर्देशिका अनुसार यो बीमालेख एक वर्ष वा सो भन्दा कम अवधिको लागि जारी गरिने छ । यसअन्तर्गत व्यक्तिगत र सामूहिक गरी दुई प्रकारका दुर्घटना बीमालेख गरिने छ । जुन बीमालेख गराउँदा नै खुलाउनु पर्ने हुन्छ ।

जसमध्ये व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ न्यूनतम बीमा तोकिएको छ । त्यस्तै, २ देखि २५ जनासम्मको सामूहिक दुर्घटना बीमा गर्दा न्यूनतम २ रुपैयाँ, २६ देखि एक सय जनासम्मको लागि न्यूनतम १ रुपैयाँ ७५ पैसा र सो भन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमाशुल्क तोकिएको छ ।

साथै, बीमाशुल्क गणना गर्दा कम्पनीहरुले प्रतिबीमालेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन पाउँदैनन् । तर, लघुबीमा अन्तर्गत पर्ने दुर्घटना बीमालेखको हकमा यो व्यवस्था लागू हुनेछैन ।

त्यस्तै, बीमालेखमा बीमाशुल्क गणना गर्दा कूल बीमाङ्क रकम, लिन चाहेको थप जोखिम बापतको रकम र बीमालेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधोपचारको रकम छुट्टा छुट्टै खुलाउने पर्ने छ ।

समितिका अनुसार यो बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम शुरु भएको मिति (घण्टा र मिनेटसहित) उल्लेख गर्नुपर्नेछ । उक्त मिति वा जोखिम शुरु भएको मितिको ३० दिनभन्दा बढीको फरकमा भने बीमालेख जारी गर्न नपाईने निर्देशिकामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ