कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, २८ कात्तिक।  प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहनुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले अन्य विभिन्न विषयगत समिति र उपसमितिसमेत गठन गरेको छ । केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना सत्कार, प्रवक्ता शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास समिति, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति, सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक, पार्टीका काठमाडौैँ जिल्ला सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति रहने गरी मञ्च व्यवस्थापन समिति गठन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि समन्वय गर्न प्रदेश नं १ मा कृष्णप्रसाद सिटौला, प्रदेश नं २ मा रमेश रिजाल, वाग्मती प्रदेशमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई जिम्मेवारी तोकिएको छ । उक्त समितिहरुमा प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत रहनुहुने छ ।

कांग्रेसको प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेम्म गर्ने तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ