न्यायाधीशहरूलाई बारको पत्रः ‘प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नु’

न्यायाधीशहरूलाई बारको पत्रः ‘प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्नु’

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कार्तिक २८, काठमाडौँ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासहरूमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशहरूलाई पत्र पठाएको छ ।

बारले विवादित प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्र पठाएको हो । सर्वोच्च अदालतका एक जना न्यायाधीशले त्यस्तो पत्र आएको पुष्टि गरेका छन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि बारले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । ‘भ्रष्ट र बिचौलियाका नाइके भनेर हामीले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छौं । बारको आन्दोलनमा गुण्डा परिचालन गरेर हतोत्साहित बनाइरहेका छन् । त्यस्ता व्यक्तिले तोकेको इजलासमा नबस्नु भनेर हामीले सबै न्यायाधीशलाई भनेका छौं,’ श्रेष्ठले भने ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू कात्तिक ९ गतेदेखि इजलास गएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ