कार्तिक २८, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता लगायतका बिषयमा भएको विवाद समाधानमा सभापति शेरबहादुर देउवा उदासिन भएको भन्दै पार्टीको बैठकमा आपत्ति जनाएका छन् ।
आजको बेन्द्रिय समितिको बैठकमा नेता पौडेलले पार्टीभि देखिएका समस्या समाधान नगरि चुपचाप बस्नु गलत भएको बताए । उनले भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनशन बसेका छन् । सोही कारण हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौं,’
पौडेलले थपे, ‘सानेपाबाट भाग्नु परेको छ । हामी कसरी अघि बढ्ने हो ?’
नेता पौडेलले देउवाको गृहजिल्ला डढेलधुराकै व्यक्तिहरू पार्टी कार्यालय सानेपामा धर्ना बसेको प्रसंग पनि उठाएका थिए । उनले भने, ‘पार्टी कार्यालाय छोडेर हिँड्नपर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनशन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्ग शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ?’
बैठकमा नेता रामशरण महतले क्रियाशील सदस्यतामा नक्कली मान्छे हालिएको दाबी गरे । ‘ उजुरी आएका छन् भने छानबिन समितिले हेरिदिनु पर्यो । फेरि उजुरी आएको छ, विधिवत रूपमा हुनुपर्छ भने आएको छ भने हेर्नुपर्छ,’ उनले भने,