कामना सेवा विकास बैंकद्धारा धार्मिक स्थललाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकद्धारा धार्मिक स्थललाई आर्थिक सहयोग

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २८ कार्तिक । कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न धार्मिक स्थललाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितीलाई दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई एक लाख आर्थिक सहयोग गरेको हो ।

त्यस्तै, बैंकले नवलपरासीको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्तवीन वितरण पनि गरेको छ । उक्त कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लैजाने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ