काठमाडौं, २८ कार्तिक । लुम्बिनी विकास बैंक लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो ।
यस अघि बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंकको निर्देशनपछि उक्त लाभांश संशोधन गर्दै अब बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले हाल कायम चुक्तापूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । संशोधित यो लाभांश पनि नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।