प्रधानन्यायधिसको पक्षमा सर्वोच्च अगाडि युवाहरूको प्रदर्शन, बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भयोः महाचसिव पौडेल

प्रधानन्यायधिसको पक्षमा सर्वोच्च अगाडि युवाहरूको प्रदर्शन, बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भयोः महाचसिव पौडेल

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कार्तिक २८, काठमाडौँ । नेपाल बारको जारी आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको प्रांगणमा वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् ।

विभिन्‍न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । मोटरसाइकल र्‍यालीसहित प्रदर्शनमा आएका ती युवाहरुले ‘न्याय बेच्‍न पाइँदैनु लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले उनीहरुलाई केहीबेरपछि त्यहाँबाट हटाएको थियो ।

यसैबीच, नेपाल बार एसोसिएसनका महाचसिव लीलामणि पौडेलले आफूहरुको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भएको आरोप लगाएका छन् ।

बारको आन्दोलन भईरहेकै बेला प्रधानन्ययधिसको पक्षमा युवाहरुले नाराबाजी गर्दै प्रदर्शन गरेपछि बारका हमासचिव पौडेलले राष्ट्रिय झन्डाको दुरूपयोग गरेर घुस कमिसनबाट आएको पैसाबाट न्यायको आवाज थुन्‍न भिजिलान्ते र भाडाका ट्टुहरू प्रयोग भएको आरोप लगाए ।

आफुहरुको आन्दोलन बिथोल्न भिजिलान्ते र भाडाका ट्टुहरू प्रयोग गरि अपमान गर्न खोजीएको बताए । यस्तै, राष्ट्रिय मानवअधिकारी आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीशको उक्साहटमा प्रदर्शन भएको टिप्पडि गरिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ