व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मा फिर्ता पठाउन सेनाको अटेर

व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मा फिर्ता पठाउन सेनाको अटेर

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २८ कार्तिक । व्यक्ति हत्यासम्बन्धी मुद्दा ‘सिभिल कोर्ट’मै फिर्ता गर्न सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश कार्यान्वयनमा सेनाले अटेर गरेको छ । सैनिक जवान गंगाधर ढकालविरुद्धको हत्यासम्बन्धी मुद्दा सिभिल कोर्टमै फिर्ता गर्न गत १४ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश गरेको थियो ।

तर, सेना ढकालविरुद्धको मुद्दामा पूर्ण फैसला नआएको भन्दै सर्वोच्चको आदेश तत्काल कार्यान्वयन गर्ने पक्षमा छैन । ‘ढकालविरुद्धको मुद्दामा सर्वोच्चले पूर्ण फैसला गरेको होइन, अन्तरिम आदेश मात्रै गरेको हो । यही आदेशकैे आधारमा सेना उक्त मुद्दा तत्काल सिभिल कोर्टमा फिर्ता गर्ने पक्षमा छैन । पूर्ण फैसला आएपछि मुद्दाको पक्षमा के गर्ने हो त्यही वेला सेनाले निर्णय गर्नेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।

गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेको अभियोगमा ढकाल पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको थियो । मुद्दाको अनुसन्धान पनि जिप्रका चितवनले नै गरेको थियो ।

जिल्ला अदालत चितवनमा थुनछेकको बहस चलिरहेका वेला सेनाका प्राड विभागका मेजर सरोज रेग्मी इजलासमा प्रवेश गरेका थिए । लगत्तै जिल्ला अदालतले ढकालको मुद्दा सैनिक अदालतलाई दिन आदेश गरेको थियो । गत १ भदौमा भएको उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवन उच्च अदालत हेटौँडा पुगेको थियो । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सरकारी वकिल कार्यालय सर्वोच्च पुगेको थियो ।

नयाँ पत्रिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ