पार्टीको भूमिका सशक्त बनाउने विषयमा एकीकृत समाजवादीको छलफल

पार्टीको भूमिका सशक्त बनाउने विषयमा एकीकृत समाजवादीको छलफल

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २७ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकमा कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न पार्टीले सशक्तः भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको छ ।

छलफलका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले माक्र्सवाद लेनिनवादको महत्व, पुँजीवाद र समाजवादको अन्तरविरोध, पुँजीवादी लोकतन्त्रका विशेषता, वर्ग सङ्घर्षलगायत विषयमा प्रष्ट पार्नुभएको थियो । महाधिवेशनका निष्कर्ष र जनताको बहुदलीय जनवादको मान्यतालाई कुल्चने; गुटवाद, व्यक्तिवाद र सर्वसत्तावादले पार्टीको सैद्धान्तिक वैचारिक आधारलाई समाप्त गरेकाले विद्रोह गर्नुपर्ने स्थिति बनेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले समृद्ध समाजवादको दिशामा अघि बढ्न पार्टी र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १६ वर्षमाथिका सबैलाई सङ्गठित गर्ने र ४० वर्ष मुनिका युवालाई सङ्गठित गर्न पार्टीले विशेष ध्यान दिनेछ । पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परीक्षाका रुपमा लिइ काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने विषयमा समेत छलफल भएको थियो । वरिष्ठ नेता झलनाथ खनालले विधिअनुसार एमाले नचलाएकाले आफूहरुले विद्रोह गरेको उल्लेख गर्दै विद्रोह क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभयो । बैठकमा पछिल्लो पटक थप भएका सदस्यहरुले आज शपथ लिनुभएको थियो । बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने केन्द्रीय सदस्य राममाया भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ