कांग्रेसले आसन्न महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने, न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छः महत

कांग्रेसले आसन्न महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने, न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छः महत

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २७ कात्तिक । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशन मूल समारोह समितिसहित करिब एक दर्जन समिति र उपसमितिहरु गठन गर्ने भएको छ ।
शनिबार बुढानिलकण्ठस्थित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमितिहरु गठन गर्ने तयारी अघि बढाएको हो ।

सहमहामन्त्री प्रकाशशरण महतले बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु बनाउने निर्णय गरेको र त्यसका लागि अहिले सचिवालयले काम गरिरहेको बताए । केन्द्रीय समितिबाट अनुमोदन भएपछि ती समितिहरुले काम थाल्छन्,’ महतले भने । पदाधिकारी बैठकबाट प्रस्तावित भएर आएका समितिहरुलाई आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नेछ ।
कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । त्यसअघि १६ र १७ गते सातै प्रदेशमा कांग्रेसको पहिलो प्रदेश महाधिवेशन हुनेछ ।

आइतबारको बैठकले सात प्रदेश र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समितिहरु गठन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रम तयारी, आर्थिक, सांस्कृतिक, खाना र आवास, स्वागत सत्कारलगायत समितिहरु गठन हुँदैछन् ।

त्यस्तै, ७ प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला तोक्ने र त्यहाँ पनि अधिवेशन सम्पन्न गर्न समिति गठन हुनेछ । अहिलेसम्म प्रदेश तहमा कांग्रेसको कुनै संरचना बनेको छैन । मुलुक संघीयतामा गएको ६ वर्ष बितिसक्दा पनि कांग्रेसले प्रदेशमा आफ्ना संरचनाहरु गठन गरेकै छैन । प्रदेशस्तरमा हुन लागेको यो नै पहिलो अधिवेशन हो ।

यस्तै सत्तारुढ कांग्रेसले न्यायालयमा देखिएको विवादको विषयमा तत्कालै धारणा नबनाउने भएको छ । बैठकपछि सहमहामन्त्री महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ