पहिराले अवरुद्ध कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा सास्ती

पहिराले अवरुद्ध कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा सास्ती

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका जोगी सार्कीले बताउनुभयो ।

बन्द सडक खुलाउनका लागि पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दासमेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक बन्द भएको एक महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन ।”

सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको अर्का स्थानीयवासी शेरबहादुर चोखालको गुनासो थियो । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए । गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महङ्गिएको जोरायल गाउँपालिका–५का व्यापारी उद्धबबहादुर देउवाले बताउनुभयोे । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी धर्मसिंह खडायतले जानकारी दिनुभयो ।

उता डिभिजन सडक कार्यालयले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका तथा जोरायल गाउँपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिका र गाउँपालिकाले नै पहल गर्नुपर्ने बताएको छ । वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजर भइरहेको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जोरायल क्षेत्रबाट सडक खुलाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा ठूल्ठूला पहिरा गएकाले केही समस्या भएको हो, पहिराले बन्द भएका सडक चाँडै खोल्छौँ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी