२७ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । आज र भोलीका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
शुक्रवार बसेको स्थायी कमिटिको बैठकले आजबाट सुरु हुने केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकको एजेन्डा तय गरेको छ । केन्द्रीय कमिटीको पहिलो दिन आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराउने जनाएको छ ।
बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको छ ।
बैठकको दोस्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुनेछन् । केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिपोर्ट लिने तय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline