कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

२७ कार्तिक, काठमाडौं। क्रियाशील सदस्यता वितरण विवाद हल हुन नसकेपछि नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।

गूटगत विवादमा फसेको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै गर्न नसकेपछि शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्रीय प्रतिनिधि चुन्न लागेको हो ।

यसअघि अधिवेशन सकाइएका वडाहरुमा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो । विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भन्दै शनिबार १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभएको हो ।

वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँरनगर पालिका अधिवेशन कार्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ । चार वर्षे पदावधि भएको वर्तमान कांग्रेस कार्यसमतिले ६ वर्ष हुँदा पनि आफ्नो अधिवेशन सम्पन्न गर्न नसक्दा संवैधानिक संकटमै परिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ