काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटीको आज बस्दैछ। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा स्थायी कमिटीको आठौं बैठक बस्ने उपमहासचिव तथा प्रमुख प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्नेछ । नेकपा (एमाले) सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी हाम्रो पार्टीमा प्रवेश गरेका र प्रवेश गर्ने तयारीमा रहेकाहरुलाई जिम्मेवारी र भूमिकाबारे बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने खतिवडाले बताउनु भयो। आजको बैठकले तय गरेको मापदण्डका आधारमा नेताहरुको जिम्मेवारी तोकिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline