प्रहरी हस्तक्षेपको विरोधमा बारले सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

प्रहरी हस्तक्षेपको विरोधमा बारले सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

  • बिहिबार, कार्तिक २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

कार्तिक २५, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बिहीबार बिहान सर्वोच्च पुगेका वकिमाथि प्रहरीले हस्तक्षेप गरेपछि नेपाल बार एसोसियसनले बिरोध गरेको छ । प्रहरी हस्तक्षेपको विरोधमा शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने बारले जनाएको छ ।

बारले बन्दी प्रत्यक्षीकरणसमेतका मुद्दाको बहस समेत बहिष्कार गर्ने निर्णय गर्दै प्रधानन्यायाधीशविरुद्ध उत्रिन भोलि बिहान १० भित्र अदालतमा भेला हुन वकिललाई आग्रह गरेको छ।  बिहीबारको प्रदर्शनमा उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएका छन् ।नाराबाजीका क्रममा प्रहरी र वकिलबीच धकेलाधकेल समेत भएको थियो।

प्रहरीले आफूहरूको प्रदर्शनमा एक्कासि हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले जानकारी दिएका छन् ।

अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् । अधिवक्ताहरूले अहिले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेलगायतका विभिन्न मागसहित नाराबाजी गरेका छन् ।

यस्तै बारले भोलिदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। करिब दुई हप्तादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ।

बारले दिनप्रतिदित आन्दोलनका कार्यक्रमलाई शसक्त बनाउँदै लगेको छ। बारले आजपनि सर्वोच्च परिसरमा जबराको राजीनामा माग्दै चर्को नाराबाजी गरेको थियो। बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म सर्वोच्चमा धर्ना दिने बारको रणनीति छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ