काठमाडौं, २४ कार्तिक । छठ पर्वको मुख्य दिन आज काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
काठमाडौं उपत्यकामा भने वाग्मती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उता उदयपुरको त्रियुगा, धनुषाको गंगासागरलगायत, सर्लाहीको लखन्देही, चितवनको नारायणी, धनगढीको मोहनालगायत नदीमा पुगेर भक्तालुहरुले सूर्यलाई अर्घ्य दिए ।
यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कम भएकोले गत वर्षको तुलनामा भक्तजन बढी भेला भएका थिए ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ ।
छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ भक्तजनहरु दिदै ।

सुनसरी सदरमुकाम इनरुवा २ स्थित शङकरपुर शाखामा छठ पर्वको मुख्य दिन आज अस्ताउदै सुर्यलाई अर्घ दिदै ।
छठ पर्वको अवसरमा भक्तपुर कमलपोखरीमा अस्ताउँदो सूर्यको उपासना गर्दे ब्रतालु महिला । कार्तिक शुक्ल षष्ठीको दिन छठीमाताको पुजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अघ्र्य दिइन्छ । 

छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ भक्तजनहरु दिदै ।
छठ पर्वको अबसरमा काठमाडौँको कमलपोखरीमा शरीरले नापेर पोखरीको परिक्रमा गर्दै एक व्रतालु । यसो गरेमा सुख शान्ति र मनोकामना पुरा हुन्छ भन्ने विश्वास छ ।
तनहुँको दमौलीस्थित मादी नदीमा बुधबार साँझ छठ पर्वको पूजा गर्दै भक्तालु ।

सप्तरीको राजविराज नगरपालिका ६ स्थित तुरुन्ती पोखरीमा छठ पर्वको मुख्य दिन बुधबार षष्ठीका दिन निराहार ब्रत बसेर साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिदै महिला । सप्तमीका दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ ।