प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : एमाले सचिव गोकर्ण विष्ट

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ : एमाले सचिव गोकर्ण विष्ट

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

भक्तपुर, २४ कात्तिक ।
नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा ग¥योे, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।”

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उहाँले यो समयमा एमालेकोे जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राख्नुभयो ।

सचिव विष्टले भन्नुभयो, “आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ ।”

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भन्नुभयो, “यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।”

नेकपा एमालेसँग करिब साढे दुई वर्ष प्रचण्ड मिल्दा एमालेको बलियो सङ्गठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उहाँले प्रचण्डले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले भक्तपुरमा यसअघि नेपाल मजदुर किसान पार्टीले तीन पटक र नेपाली कांग्रेसले तीन पटक सांसद पाए पनि हुन नसकेको विकास अहिले एकै पटक भएको बताउनुभयो । उहाँले भक्तपुरमा आएको विकासको लहर देखेर आत्तिएकाले विकास रोक्न खोजेको भन्दै उहाँले विकास नरोकिने दाबी गर्नुभयो ।

त्यसअवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीलगायतले विकास र समृद्धिमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ