छ हजार परीक्षण गर्दा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

छ हजार परीक्षण गर्दा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ, २४ कात्तिक ।
पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले छ हजार ८१४ मा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५१९ रहेको उहाँले बताउनुभयो । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ ।

प्रवक्ता पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।

सङ्क्रमित शून्य जिल्ला दुई

उहाँले आज सङ्क्रमति शून्य रहेका जिल्ला दुई रहेको बताउनुभयो । उहाँका अनुसार हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४७४ जनासङ्क्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७८० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार कोरोना सङ्क्रमणबाट आज छ जनाको मृत्यु भएको जानकारी दिनुभयो । हालसम्म सङ्क्रमणबाट ११ हजार ४६० को मृत्यु भएको छ । मङ्गलबार एक जनाको मृत्यु भएको थियो ।

होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५१४, सघन उपचार कक्ष (आइसियु)मा १८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५२९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ