गृहमन्त्रीसमक्ष छानबिन समितिको प्रतिवेदन

गृहमन्त्रीसमक्ष छानबिन समितिको प्रतिवेदन

  • मङ्लबार, कार्तिक २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, २३ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाउनुभएको हो ।

गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको रहनुभएको छ ।

छानबिन समितिले प्राप्त गरेको प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा उल्लेख छ । कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्म खहकिमले गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमाथुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताउनुभयो । समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श, थुनुवालाई निःशुल्क कानूनी परामर्र्श, हिरासत कक्षमा सुरक्षा निगरानी, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र अनुगमन व्यवस्थालगायत व्यवस्था गर्न सुझाव दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी