२१ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएनले भोलि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने भएको छ । बारका महासचिव लीलामणि पौडेलले भोलि बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने बताए।
न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि समय–समयमा चालेका कदममा साथ, समर्थन र सहयोग गरेको भन्दै कानुन व्यवसायीलाई बारले धन्यबाद दिएको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितका विरोध कार्यक्रम गरिसकेको छ।
बारले ९० इकाईहरुसँग छलफल पनि थालेको छ। सो छलफलपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौडेलले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline