काठमाडौं, २१ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रका मूल्यमान्यता नभएर सत्ता चाहिएको बताएका छन् ।
एमाले कर्णाली(काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन लोकतन्त्रको भक्षक भएको बताए । उनले भने, ‘गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्यमान्यता होइन सत्ता चाहिएको छ,ु देश होइन।’
प्रतिगामी परमादेश अनेक आउने भन्दै अध्यक्ष ओलीले भ्रमहरुका विरुद्ध लड्ने जाँगरण पैदा गर्न पार्टीका कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भने, हामीलाई सरकार चाहिएको छैन तर लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं।’
ओलीले थपे, आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले राज्यको प्रबन्ध गरेको हुन्छ । यस्तै, गलत चेतना विस्तार गर्न विशेष पण्डित तयार गरेको हुन्छ।
यस्तै अध्यक्ष ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको बताएका छन् । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको आरोप लगाए ।ुहामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो । सेना पुलिस प्रयोग हुन पाएन । अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो ।ुओलीले भने ।
अर्को प्रशंगमा अध्यक्ष ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताउदैँ भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।’
बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? भनेर ओलीले प्रश्न समेत गरे । ‘हामी बेलायत जान भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?, ओलीले थप प्रश्न गरे, ‘बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दा?’
माओवादी नेताहरू भूमिगत हुँदा युरोप घुमेको ओलीको दाबी थियो । उनले आफूहरूको प्रहरी रेकर्ड खराब भएको भनेर पासपोर्ट नपाएको बेला विद्रोही नेता भने युरोप घुमेको बताए । ‘पुलिसको रिपोर्टले दिँदैनन्थ्यो । मैले २०४८ सालमा सांसद भएपछि पासपोर्ट बनाएको । हाम्रो पुलिस रेकर्ड खराब, प्रचण्ड-बाबुरामको पुलिस रेकर्ड खराब थिएन ?, ओलीले प्रश्न गरे ।