दाङ, २१ कात्तिक । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दुर्घटनास्थलमा ५ जना र उपचार गर्न लैजाने क्रममा बाटोमा ३ जनाको मृत्यु भएको हो ।
बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ’ डिएसपी थापाले भने, ‘तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेका हुन् ।’
घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको छ । अहिले पनि स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकामबाट १ घण्टाको दुरीमा छ ।प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।फाइल तस्बिर।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline