राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाइदिइन् भाइटीका

राष्ट्रपति भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई लगाइदिइन् भाइटीका

  • शनिबार, कार्तिक २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

२० कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएर तिहार मनाएकि छिन् भण्डारीले शनिबार राष्ट्रपति निवास, शितल निवासमा बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन्।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमली, सयपत्रीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन्। भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति भण्डारीलाई टीका तथा माला लगाई पूजा गरेका थिए।

कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका ग्रहण गरेका छन्।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११स्०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको थियो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ